सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि उपचार नपाएकोमा चिन्ता प्रकट गरेका हुन् । उनले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैँकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गरे ।