सुनसरी र गोरखामा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु 

बुधबार, असार २९, २०७९
मयुर प्लाई

काठमाडौं । सुनसरी र गोरखामा बुधबार बिहान भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वी क्षेत्र सुनसरीको रामधुनी नगरपालिका–२ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 
मृत्यु हुनेमा पैदलयात्री स्थानीय ६० वर्षीया रुकमी सरदार रहेकी छिन् । गम्भिर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।  
घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागी इटहरी स्थित बेदान्त अस्पताल पठाइएको छ । उनको अवस्था भने मध्यम रहेको छ । 
गएराती सवा १० बजे पैदलयात्रीलाई ठक्कर दिएर प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइकल पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

यता गोर्खाको गोर्खा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 
गोर्खा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोर्खा–७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र सोही स्थानका १३ बर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने मध्यम रहेको छ । तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रीत भई पल्टिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार