जोहानेस्बर्गमा गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५  

सोमबार, असार २७, २०७९

केप टाउन ।  जोहानेस्बर्गमा शनिबार राति भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । 
दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित मधुशालामा गोली चल्दा मृत्यु हुनेको संख्या १५ पुगेको यहाँका अधिकारीहरुले आज जनाएका छन् । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १५ जनाको मृत्यु भएको जानकारी सोमबार दिइएको छ । साथै सो गोलीकाण्डमा परेर अन्य १० जना घाइते भएका छन् । 
 गोलाबारीमा घाइते भएका १० जनाको उपचार भइरहेको र उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । गोलाबारीमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ । प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका थिए । अरु तीन जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । सोवेटो नगर राजधानीको दक्षिणपूर्वमा पर्दछ ।  

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते
अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आइबार विहान घटना भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।   
स्थानीय समय अनुसार राती १२ ४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । 
अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुक सम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ ।– रासस/सिन्ह्वा


 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार