चार महिनाका लागि बस्नेत प्रदेश–१ को सांसदमा नियुक्त

मंगलबार, असार २१, २०७९

बिराटनगर । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहदाँ हिमा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी छिन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी  ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटावाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिए ।  

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार