सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाको सीमामा जोडेर भारतले सुरक्षा पर्खाल बनाएको घटनाका सम्बन्धमा सरकारले सीमा रक्षाका लागि विशेष सतर्कता अपनाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले दार्चुलाको सडक दुई देशबीचको सीमालाई छोएर भारतले पर्खाल बनाएको भन्ने विषयमा नापी विभाग, नेपाली सेना, नेपाल प्रहरी र जिल्लास्थित नापी कार्यालयका अधिकारीले स्थलगत अवलोकन गरी प्रतिवेदन तयार गरेको जानकारी दिए । मन्त्री ज्ञवालीले उक्त क्षेत्रको एक सातापछि नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत निरीक्षण गरी पर्खाल सीमा मापदण्ड अनुरुप छकी छैन भनी निष्कर्ष निकाल्ने भन्दै यस विषयमा सरकार सजग रहेको पनि बताएका छन् । सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा सीमा पर्खालसम्बन्धमा सरकारले देखाएको तदरुकताप्रति धन्यवाद ज्ञापन गरेका थिए । सांसद राजेन्द्रकुमार केसीले दार्चुलाको सीमामा भारतले पर्खाल बनाएको सन्दर्भमा निरीक्षण गरिएको हो भने प्रतिवेदनमा के छ जानकारी गराउन माग गरेका थिए ।सांसद प्रेम सुवालले अप्रिल १२ तारिख २०२० मा भारतले दार्चुलामा सीमा अतिक्रमण गरेको घटनामा पठाइएको निरीक्षण टोलीबारे जानकारी गराउन माग गरेका थिए ।