सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० परित्याग गरेर माअोवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ । चन्द नेतृत्वको नेकपा परित्याग गरेर भर्खैरै माअोवादी प्रवेश गरेका पुनलाई केन्द्रिय सदस्य बनाईएको हो । माओवादीको केन्द्रिय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रिय समितिमा अटाउन सफल भएका छन् । सोसँगै माओवादी केन्द्रिय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ ।
माओवादी केन्द्रिय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि
नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन ।
सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रिय समितिमा अटाएका थिए ।