उजुरीकर्तासँग छलफलपछि प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुुनुुवाइ

आइतबार, चैत २२, २०७७

काठमाडौं । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीलाई सुुनुुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको आजको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी लिएको थियो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीकाविरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए । प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराएका थिए । बैठकमा उजुुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए ।


 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार