बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी 

राजेश हार्डवेयरको वदमासी 
आइतबार, चैत २२, २०७७

काठमाडौं । बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो ।  ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ । उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको पाइएको हो ।  नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए ।  गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्राम, २०१.१ किलोग्राम प्mल्याटमा १०.६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताए ।  नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार