ललितपुर महानगर सल्लाहकार शिक्षाविद् केदारलालको मृत्यु

बिहीबार, मंसिर ११, २०७७

ललितपुर : ललितपुर महानगरपालिकाका सल्लाहकार शिक्षाविद् प्रा,डा. केदारलाल श्रेष्ठको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८३ वर्षीय श्रेष्ठको निधन भएको महानगरद्धारा जारी शोक विज्ञप्तिमा उल्लेख छ । उनी  केही समयअघिदेखि अस्वस्थ थिए । महानगरप्रमुख चिरीबाबु महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,‘दिवंगत आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा ललितपुर महानगरपालिका गहिरो समवेदना व्यक्त गर्दछ । ’ स्वर्गीय केदारलालको पत्नी, दुई छोरा र दुई छोरी छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार