प्रहरी महानिरीक्षक सिंहबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण 

बुधबार, असार ८, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गरेका छन् । सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको निरीक्षण गरेका थिए । 

प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गरेका थिए । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमहरूको प्रशिक्षण म्यानुअल हस्तान्तरण गरेका थिए ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा नवप्रवेशीलाई प्रहरी बनाउन र उन्नत तालिमका प्रशिक्षार्थीहरूलाई व्यावसायिक बनाउन प्रशिक्षकको भूमिका अहम हुने बताएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार