एनआरएनएले  राष्ट्रिय आविष्कार केन्द्रलाई दियो १२ लाख ८७ हजार 

बुधबार, असार ८, २०७९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । 

एनआरएनएको सचिवालयमा आज आयोजित एक कार्यक्रमबीच उक्त चेक केन्द्रलाई हस्तान्तरण गरिएको हो । चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गरेका थिए । कार्यक्रममा डा महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरेका थिए । 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार