घाइते जनावर बोक्न ललितपुर महानगरले सञ्चालन गर्‍यो एम्बुलेन्स  

बुधबार, असार ८, २०७९

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्‍याउन बुधबारबाट एम्बुलेन्स सेवा सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरु गरेको हो । ललितपुर महानगरका प्रमुख चिरीबाब’ महर्जनले महानगरमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरे ।

287938182_707886067171856_3407042261771230412_n1655881149.jpgमहानगरप्रमुख महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताए । उनले भने, ‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडक पेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदो रहेछ, त्यसैले व्यवस्था गरेको हौं।’ स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन् ।

287253100_351928930394877_3218352405152744463_n1655881227.jpg

उनले भनिन्, बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो भएको थियो, अब सजिलो हुन्छ , ।’ उनले  जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिइन् । ललितपुर महानगरपालिकाले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, वाँदरलगायतका जनावरलाई सडक , गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो । महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको थियो ।

287383767_740655090455847_67529068064750728_n1655881274.jpg

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार