बैंकिङ कसुर मुद्दाका फरार उपेन्द्र घिमिरे पक्राउ

बुधबार, असार ८, २०७९

भक्तपुर । बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।  महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार