बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ

सोमबार, असार ६, २०७९

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन् । उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएका थिए । खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको ती युवकको आरोप छ ।

 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार