करेन्ट लागेर महिलाको मृत्युु

सोमबार, असार ६, २०७९

सप्तरी । राजविराज नगरपालिका-९ स्थित विहारपुरमा सोमबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३० वर्षीया रुवी खातुनको रहेकी छन् । आफ्नै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागेर खातुन गम्भीर घाइते भएकी थिइन् । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई उपचारका लागि अस्पताल भर्ना गरी इसिजी गर्दा चिकित्सकले मृत्यु घोषणा गरेको काफ्लेले बताए घटना बारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार