इन्डिगोको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

सोमबार, असार ६, २०७९

नयाँ दिल्ली : गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा  चरा ठोकिएको छ । आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएकाे थियो ।

अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो । ‘गुवाहाटीबाट दिल्लीका लागि उडेको  इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ ६३९४ मा शंकास्पद चरा ठोकिएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो’, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ । 

एकै दिनमा विमानले आकस्मिक अवतरण गरेको यो दोस्रो घटना हो । आइतबार नै पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा चरा ठोकिएपछि आगो लागेको थियो ।  आगो लागेपछि विमानलाई फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको थियो ।–एजेन्सी

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार