वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

सोमबार, असार ६, २०७९

न्युयोर्क  । अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ । ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने । गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिंगटन डीसीको संस्कृति प्रवद्र्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो । अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् । 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार