सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वाेच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा.कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छन् । सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा.चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिए । उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य छन् । न्याय परिषद्ले सर्वाेच्च अदालतका लागि न्यायाधीशद्वय डा.चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरू विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आज पूरा भएको छ । बैठकले उनीहरूको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ । न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ ।–रासस