माडीमा इनारमा खसेर दुई जनाको मृत्यु 

आइतबार, असार ५, २०७९

चितवन । माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ । 
शनिबार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र २५ वर्षीय सूर्य गुरुङ रहेका छन् ।  इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।     
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
मकवानपुर, रुकुम (पश्चिम), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । 
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ मनकामना चोकस्थित सडकमा बा।९५ प ८५६१ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक सोही उपमहानगरपालिका–४ सिर्जनापथ डेरा गरी बस्ने जनकपुर घर भएका ३९ वर्षीय अन्जन कर्ण रहेका छन् । 
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार मृतककी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र छोरा ११ वर्षीय आर्यन कर्णलाई थप उपचारको लागि जनकपुरतर्फ रिफर गरिएको छ । 
रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–११ छोटेटारमा लु।१ ज १८९७ नम्बरको जिप शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा चालक बाफिकोट गाउँपालिका–८ दुली बस्ने २६ वर्षीय प्रकाश घर्ती र जिपमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय कबिराम बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङको बेलबारी नगरपालिका–२ किस्ती खोलास्थित सडकमा ना।६ ख ५९३६ नम्बरको ट्रकमा शनिबार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३५ वर्षीय रबिन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राई रहेकी छन् । 
दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रबिन र उनकी श्रीमतीको अवस्था सामान्य रहेको छ । ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
बर्दियाको बाँसगढी नगरपालिका–९ माछागढ चोकमा सु.प.प्र.०१–००१ ख २५८२ नम्बरको बसले भे।११ प ७९५७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय दिल बहादुर केसी छन् । 
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तामाघाटपुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही एरियामा मागी हिँड्ने हाल पहिचान नखुलेकी करिब ३२ वर्षीया महिला रहेकी छन् । उनको आइतबार बिहान मृत्यु भएको हो । 
ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित सडकमा यूपी ३२ एलपी २२७१ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको छ । 
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 
सर्लाहीको धनकौन गाउँपालिका–५ छठीघाट पुलमा बीआर ०५ एआर ५१३७ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार रौतहट वृन्दावन नगरपालिका–४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 
दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको एड्भान्स संजिवनी अस्पताल बरहथवामा उपचार भइरहेको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार