वालकुमारी सामुदायिक वनको अध्यक्षमा कुँबर 

आइतबार, असार ५, २०७९

ललितपुर । बालकुमारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा किशोर कुँबर निर्बिरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभाले कुँबरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष , कोषाध्यक्ष, सचिव र सहचिवमा क्रमशः देवकुमार थापा, रेश्मा थापा, घनश्याम थापा मगर र भगवती थापा चयन भए । कार्यसमितिको सदस्यहरुमा अञ्जु कुँवर, दीपक महर्जन , दिलीपकुमार केसी, गंगा खड्का, सुरेश थापा , अस्मिता बोगटी, दीपेश घले गुरुङ र हरी कुँबर चयन भएका छन् । ललितपुर महानगर वडा नम्बर १८ का अध्यक्ष दामोदर खड्काले ललितपुर महानगरको एकमात्र सामुदायिक वनक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । उनले वनको क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन नवनिर्वाचित समितिको भूमिका महत्वपूर्ण हुने बताए । उनले वन क्षेत्रको विकास र पर्यटक ल्याउने गुरुयोजना तयार गरेर अघि बढ्नुपर्छ उनले वन क्षेत्रलाई उत्पादनमुखी बनाउन फलफलको रुख रोप्नुपर्ने, अक्सिजन उत्पादन गर्ने विरुवा रोप्नुपर्ने बताए । वन क्षेत्रको संरक्षण गर्न वडाले आर्थिक, भौतिक र नैतिक रुपमा सक्दा सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे । 
नवनिर्वाचित अध्यक्ष किशोर कुँवरले वनक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । उनले भने, पिकनिक स्पट बनाएर यस क्षेत्रलाई उत्पादनसँग जोड्न सकिन्छ । उनले यस क्षेत्रलाई जिल्लाकै नमूना क्षेत्रको रुपमा विकास गर्ने बताउँदै गुरुयोजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार