अवरुद्ध सिस्नेरी सडकखण्ड सञ्चालन

आइतबार, असार ५, २०७९

मकवानपुर । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड आजदेखि पुनःयातायात सञ्चालनमा आएको छ । केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार खसेको पहिराका कारण यातायात अवरुद्ध भएको थियो । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।–रासस 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार