जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु

आइतबार, असार ५, २०७९

सुर्खेत,  । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो ।प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार