नरेन्द्र मोदीकी आमा १ सय वर्ष पुगिन्, सम्झिए बाबु

शनिबार, असार ४, २०७९

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदी एक सय वर्ष पुगेकी छन् । आमाको १ सय औं जन्मदिनमा उनले आफ्ना पिताको सम्झना गरेका छन् । उनले भनेका छन, ‘यदि उहाँ हुनुहुन्थ्यो भने.....।’ भारती प्रधानमन्त्री मोदीले शनिबार उनका आमा हीराबेन मोदीको जन्मदिन गुजरातको राजधानी गान्धीनगरस्थित उनकै घरमा पुगेर आमाको आशिर्वाद लिएका छन् ।  

Namo 11655533344.jpgआमाको जन्म दिनमा मोदीले आफ्नो ब्लग पनि सेयर गरेका छन् । नरेन्द्र मोदी वेबसाइटमा प्रकाशित यो ब्लगमा मोदीले आफ्नी  आमासँग जोडिएका धेरै कुराहरु सम्झना गरेका छन् । उनले ब्लग मै पहिलो पटक आफ्ना पिताको बारेमा बोलेका छन् । मोदीले लेखेको छन,‘ आमा यो एउटा शब्द मात्रै होइन । स्नेह, धैर्य, विश्वास समेटिएको जीवनको भावना हो । आज म आफ्नो खुसी, आफ्नो सौभाग्यलाई तपाईहरु माझ साझा गर्न चाहन्छु ।’ 

Namo1655533393.jpg
मेरी आमा हीराबा आज १८  जुन देखि एक सय औं प्रवेश गरेकी छन् । उनको जन्म शताव्दी सुरु भएको छ ।’
मोदीले लेखेको छन, ‘पिताजी हुनुहुन्थ्यो भने अघिल्लो साता एक सय वर्ष पुग्नु हुन्थ्यो । अर्थात सन् २०२२ यस्तो वर्ष हुन्थ्यो, आमाको जन्म शताव्दी वर्ष सुरु हुने बुबाको जन्म शताव्दी वर्ष पूरा हुने ।’

Namo 31655533444.jpg

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार