राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश २ प्रमुखले दिए आधा महिनाको तलब 

बिहीबार, चैत १९, २०७७

काठमाडौं । प्रदेश नं. २ का प्रमुख डा.राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । उहाँले बुधबार केन्द्रको निरीक्षण भ्रमण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गरेका हुन् ।  सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नं २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताए । केन्द्रका सञ्चालक पुनले प्रदेश नं २ मा केन्द्र स्थापना गर्न आफू इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको व्यवस्थापन सहयोग गर्न आग्रह गरेका थिए ।–रासस
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार