सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रबार रौतहट तथा कैलालीमा भएका मोटर साइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रौतहतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो भने कैलालीमा पनि मोटर साइकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना।६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका–१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पताल हुँदै नारायणी अस्पताल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बाजुराको सपट्टा–१ का ३७ वर्षीय हिक्मत बहादुर रावल रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो । सुदुर पश्चिम प्रदेश ०१–०१०–प ९६०३ नम्बरको मोटरसाईकल गएराती साढे १० बजे दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ ।