कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

शुक्रबार, असार ३, २०७९

कैलाली  । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको सपट्टा–१ का ३७ वर्षीय हिक्मत बहादुर रावल रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो । सुदुर पश्चिम प्रदेश ०१–०१०–प ९६०३ नम्बरको मोटरसाईकल  गएराती साढे १० बजे दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार