रौतहटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

शुक्रबार, असार ३, २०७९

रौतहट, ३ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना.६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका–१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पताल हुँदै नारायणी अस्पताल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार