नदीमा खस्दा बैतडीमा किशोरीको मृत्यु

बिहीबार, असार २, २०७९

बैतडी । बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउदैँ गरेकी अधिकारी नदीमा खसेकी हुन् ।  नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले  निकालेका थिए । एक साता अगाडि  एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।  बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको  जिवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए ।  गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार