ढिस्कोले पुरिएर महिलाकाे मृत्यु, दुई घाइते 

बुधबार, चैत १८, २०७७

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।  अमरगढी नगरपालिका–७ स्थित उग्रतारा मन्दिर नजिकैको जङ्गल छेउमा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर वडा नम्बर ७ ऐरीगाउँकी नारुदेवी ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आज दिउँसो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अन्य दुई घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा सोही गाउँकी सारदा ऐर र कमला विक रहेका छन् ।  घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  २२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार