मुक्तक 

मंगलबार, चैत १७, २०७७

मुक्तक 

कसै  कसैलाई अमेरिका पानी पधेंरो भयो
आफुलाई  त नेपालमा दिउसै अंधेरो भयो
भाग्यमा लेखेको रहेछ भनु या तक्दिर छैन 
मेरो  दुश्मन  भन्ने आज घरको सधेंरो भयो


आफ्नो मानेपछि कुरा खोलेको राम्रो 
नजिक सरेर मीठो बोलेको राम्रो 
विश्वास भन्दा ठूलो  छैन जगतमा
अविश्वासका कुरा ति पोलेको राम्रो  


माया जस्तो  भएपनि  गरि देउ 
आफ्नै जानेर  सुस्तरि सरि देउ 
क्षितिज  पारिछ  भनेर नठान्नु 
माना पाथिले नै माया भरी देउ 

सोमनाथ लुइँटेल रवि 
पाल्पाली 
हाल  : युगाण्डा (कम्पाला)

 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार