ललितपुर महानगरले दियो मतदाता र शुभेच्छुकलाई धन्यवाद 

शुक्रबार, जेठ २०, २०७९

ललितपुर । ललितपुर महानगरले स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक मतदान गरी जनप्रतिनिधिलाई निर्वाचित गराएकोमा मतदाता र सम्पूर्ण शुभेच्छुक, शुभचिन्तकलाई धन्यवाद दिएको छ ।  महानगरको शुक्रबार बसेको कार्यपालिका बैठकले नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरूलाई निर्वाचित गराएको भन्दै धन्यवाद दिएको हो । त्यसैगरी शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न गर्न योगदान पु¥याएकोमा सरकार, निर्वाचन आयोग, जनपथ प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, राजनीतिक दलप्रति कृतज्ञता व्यक्त गरेको वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार