पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

बिहीबार, जेठ १९, २०७९

नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ  । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र  स्थिति नियन्त्रणमा आएको जानकारी दिए।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार