सोसल मिडिया
Contact Us
युनिकोड
राजविराज, १९ जेठ । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो । लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु
बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए।
घरबाट करिब ४र५ जना साथीहरुसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनको उपचारको क्रममा अस्पताल मृत्यु भएको प्रहरिले जनाएको छ ।
यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने बिरनाथ चौधरीको घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
उनको मृत्युबारे अनुसन्धान भाईरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।