दुर्घटनामा एक जनाको मृत्यु

बुधबार, जेठ १८, २०७९

मुग्लिन, १८ जेठ । चितवनमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको  इच्छाकामना  गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन । 
ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार