सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु 

बुधबार, जेठ १८, २०७९

सप्तरी, १८ जेठ । सप्तरीको कंचनरुप नगरपालिका–१२ मा गएराती बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराती ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार