नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी घुससहित पक्राउ

मंगलबार, जेठ १७, २०७९

बुटवल, १७ जेठ  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार