विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, ६५ जनाको उद्धार टोली पैदलबाट जाँदै  

सोमबार, जेठ १६, २०७९

पोखरा, १६ जेठ । तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन । 

सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ । तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए ।

हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको उनको भनाइ छ ।  उनका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन् । 

 त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार