गजल - शर्मिला श्रेष्ठ

सोमबार, चैत १६, २०७७
डिस होम विज्ञापन
Global Ime Bank

उ कुन अवस्थामा छ विचार हुनेछ
अनि मात्र प्रहार दमदार हुनेछ।

नसम्झिनु सजिलै पुगिन्छ गन्तव्यमा
उस्को वासस्थान पुग्न काँडेबार हुनेछ।

जब सम्म लक्षले पाउँदैन पूर्णता
आक्रमणको प्रयास लगातार हुनेछ।

डाहाले मर्नेछन् शत्रुवैरीहरु पनि
किनकि निसाना बालुवाटार हुनेछ।

यदि योजना असफल भएछ भने
बारम्बार मौकाकै ईन्तजार हुनेछ।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार