प्रतिनिधिसभामा आगामी आवको बजेट टेबल

आइतबार, जेठ १५, २०७९

काठमाडौँ, १५ जेठ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल गरे ।  सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।  प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार