५ लाखसम्म कमाउनेले १ प्रतिशतमात्रै कर तिर्नु पर्ने

आइतबार, जेठ १५, २०७९

काठमाडौं, १५ जेठ  । सरकारले आयकरको सीमा हेरफेर गरेको छ ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थनमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।  यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरिएको

उनले जानकारी दिए   विद्यमान व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार