सर्वोच्च अदालतले रोक लगाएको निजगढ विमानस्थल बजेटमा समेटियो

आइतबार, जेठ १५, २०७९

बारा, १५ जेठ  । सरकारले सर्वोच्च अदालतले रोक लगाएको निजगढ विमानस्थल बनाउने विषय बजेटमा समेटिएको छ । आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलको निर्माणका लागि बजेटमा समेटेको हुन् । 

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।यसअघि गत बिहीबार बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । वातावरणीय कारण देखाएर अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेसँगै निजगढ विमानस्थलको भविष्यको हुन्छ र सरकारले सर्वोच्चको निर्णयविरुद्ध कसरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउँछ हेर्न बाँकी नै छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार