सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलायन्सको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकप्टर परिचालनसँगै सम्भाव्य स्थानमा स्थलगत खोजी पनि गरिएको छ ।पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको त्यहाँका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार तल्लो मुस्ताङको घाँसा, लेते, कोवाङ आसपासका क्षेत्रमा खोजी कार्यलाई केन्द्रित गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।