जहाज सम्पर्कविहीन अपडेटः म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो

आइतबार, जेठ १५, २०७९

पोखरा, १५ जेठ ।  पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार