आज १७ खर्ब ४५ अर्बको बजेट आउने, चुनाव वर्ष भएकाले बढ्न सक्ने

वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने
आइतबार, जेठ १५, २०७९

काठमाडौं, १५ जेठ ।  सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय(व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । सोही सिफारिशकै आधारमा बजेट ल्याउने तयारीमा सरकार लागेको छ । चुनाव वर्ष भएकाले बजेटको आकार बढ्न सक्ने विश्लेषण पनि गरिएको छ ।
यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।
ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी(व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब(भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने छ । सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको बताइएको छ । स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक(दुई वर्ष घट्न सक्छ ।’
सरकारले बजेटमार्फत् निजामती कर्मचारीहरुको तलब बढाउने तयारी पनि गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरुको छ । तर देश आर्थिक संकटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ । यद्यपि कर्मचारीको तलबमा सामान्य वृद्धि हुने सम्भावना रहेको छ।

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार