तेह्र वर्ष अघिको कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ

शनिबार, जेठ १४, २०७९

काठमाडौँ, १४ जेठ । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटनाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३८ वर्षका कैलास कार्कीलाई पक्राउ गरेको हो । घटना विसं २०६६ मा भएको थियो । उनलाई आवश्यक कारवाहीकाल लागि आजै जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको व्यूरोले सूचना जारी गरी जनाएको छ ।

करेन्ट लागेर एकको मृत्यु

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अपताल इनरुवा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार