सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा न्युरो सर्जन डा. प्रकाश विष्ट तथा डा.अनिमेशको निगरानीमा उपचार भइरहेको छ । उनलाई २४ घण्टाको अब्जरभेसनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । जावलाखेलस्थित स्टिल टावर अगाडि उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पन्चर भएर पोलमा ठोक्किन पुगेपछि दुर्घटना भएको थियो । गाडीमा एयर ब्याग भएकाले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको छ भने उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।