रेणु दाहाल दुर्घटनामा घाइते, टाउकोमा चोट

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं, १३ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पन्चर भएर पोलमा ठोक्किन पुगेपछि दुर्घटना भएको थियो । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ । सुमेरु अस्पतालमा उपचाररत दाहालको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार