आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

शुक्रबार, जेठ १३, २०७९

लुम्बिनी, १३ जेठ । नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो । आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए ।

घाइतेमध्येका एक  सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको  मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेकोे छ । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार