सोसल मिडिया
Contact Us
युनिकोड
वासिंगटन, १३ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन् । उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लागेका समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारी अनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेन आइतबार सो विद्यालय जानेकुरा बताएका हुन् ।
उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लागेका समाचारमा जनाइएको छ । केही दिनअघि अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।
अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए । टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।