सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली, १२ जेठ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेकाे उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो । उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरी जारी गरेका कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।